Jun 11 2026

Jun 11 2026 | बिहिवार, जेठ २८ गते २०८३

अर्थमन्त्री वाग्लेले भने- शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ

अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा आयकर छुट १० प्रतिशत गरिएको बताए ।  

उनले भने, ‘प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा यता १० लाखसम्म आय छुट दिइएको छ । तपाईं आफ्नो बालबालिकाको लागि १० हजार, १५ हजार मासिक खर्च गर्नुहुन्छ, तर ट्याक्सनेटमा हुनुहुन्न । ट्याक्सरेटमा इनरोल हुनुस्, १० लाखसम्म आयकर नै लाग्दैन, बि रेकग्नाइज । 

यहाँको छुटले तपाईंको अन्य खर्चहरू जोहो हुन्छ।’ उनले आयकर छुट भर्पाइ गर्न निजी शिक्षामा कर लगाइएको बताए । उनले काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम भएको बताए । 

उनले भने, ‘काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम हो । त्यसलाई इन्कम ट्याक्स रेटमा आएर वार्षिक १० लाखसम्म आम्दानी छ भन्दाखेरि जम्मा १ प्रतिशत तिर्नुपर्ने हुन्छ, यता हजारौँ क्षतिपूर्ति भइसकेको छ । 

त्यसमाथि २५ हजार रुपैयाँ वा २५ प्रतिशत निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ ।’