Jun 11 2026

Jun 11 2026 | बिहिवार, जेठ २८ गते २०८३

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

हालै होटल भ्रमणका क्रममा आएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस गरेकाे जनाएकाे छ। उनको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि भएकाे जनाइएकाे छ।

मेरियटसँगै मेरियट इन्टरनेशनलका वरिष्ठ नेतृत्व टीम पनि उपस्थित छन्। टीममा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निराज गोविल, एशिया प्यासिफिकका प्रमुख लजिङ प्रोडक्ट तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा सहभागी छन।


प्रतिनिधिमण्डललाई मोक्सी काठमाडौंको टीमले न्यानो र जोशिलो स्वागत गरेको थियो, जसले मोक्सी ब्रान्डको जीवन्त ऊर्जा, सिर्जनशीलता र आतिथ्य संस्कृतिलाई झल्काएको थियो। स्वागत कार्यक्रमलाई अझ विशेष बनाउन टीमले आकर्षक फ्ल्यास मोब प्रस्तुति समेत प्रदर्शन गरेको थियो, जसले मोक्सीको रमाइलो र ऊर्जावान पहिचानलाई जीवन्त बनाउँदै अतिथिहरूका लागि अविस्मरणीय स्वागत अनुभव सिर्जना गरेको थियो।


स्वागत समारोहपछि मोक्सी काठमाडौंका क्याप्टेन सुवर्ण थापासँगै मेरियटले होटलको अवलोकन गर्नुभयो। भ्रमणका क्रममा उहाँले होटलको आधुनिक डिजाइन, विविधतायुक्त खानपान सेवा तथा विशिष्ट अतिथि अनुभवहरूको जानकारी लिनुभयो, जसले मोक्सी काठमाडौंलाई नेपालको आतिथ्य क्षेत्रमा अग्रणी लाइफस्टाइल गन्तव्यका रूपमा स्थापित गरेको छ।

यस भ्रमणले बोल्ड, आकर्षक र स्मरणीय अनुभव प्रदान गर्ने मोक्सी काठमाडौंको प्रतिबद्धतालाई थप स्पष्ट बनाएको छ। मेरियटलाई आतिथ्यता प्रदान गर्दै होटलको दृष्टिकोण, उपलब्धि तथा नयाँ पुस्ताका यात्रुहरूका लागि आतिथ्य सेवाको नयाँ परिभाषा स्थापित गर्ने प्रयासहरू प्रस्तुत गर्न पाउनु टीमका लागि विशेष अवसर बनेको थियो।

मोक्सी काठमाडौंले आगामी दिनमा पनि जीवन्त र अविस्मरणीय अनुभवहरू सिर्जना गर्दै नेपालमा मेरियट इन्टरनेशनलको उपस्थितिलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।


मोक्सी काठमाडौंको बारेमा:

मोक्सी काठमाडौँ नेपालमा अवस्थित मेरियट इन्टरनेशनलको जीवन्त लाइफस्टाइल होटल हो, जुन नयाँ पुस्ताका यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ। आधुनिक डिजाइन, जोशिलो सोसल स्पेस, आकर्षक आवास सुविधा तथा अन्तर क्रियात्मक अनुभवहरूको संयोजन मार्फत यस होटलले काठमाडौंको मुटुमा आतिथ्य सेवाको ताजा, आधुनिक र फरक अनुभव प्रदान गर्दछ।