Jun 11 2026

Jun 11 2026 | बिहिवार, जेठ २८ गते २०८३

बजार रातो, नेप्से २७२८ विन्दुमा झर्‍यो

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर बन्द भएको हो।

आजको कारोबारमा ८२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सर्वाधिक कमाउने कम्पनीहरूमा सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर रहेका छन्। सोपानको सेयर मूल्य १५ प्रतिशतले बढेर ४६२.४० पुगेको छ भने एपोलोको मूल्य १४.९७ प्रतिशतले बढेर ३९६.२० पुगेको छ। यस्तै बोटलर्स नेपालको मूल्य ८.३३ प्रतिशतले बढेर प्रतिकित्ता १५६०० रुपैयाँ पुगेको छ।

त्यस्तै सिटी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २३ करोड ६३ लाख ४३ हजार ५८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्स को १७ करोड ५६ लाख र बुंगल हाइड्रोपावरको १६ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।