Jun 11 2026

Jun 11 2026 | बिहिवार, जेठ २८ गते २०८३

ऐन महरको प्रश्न- प्रधानमन्त्रीको राष्ट्रघाती कुरामा ताली पिट्ने सांसद को-को हुन् ?

नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा ताली
पड्काउने सांसद को–को हुन भन्ने प्रश्न गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिट्ने सांसद को-को हुन् ?’ भनेर आम नागरिकले प्रश्न गरिरहेको उनले संसदमा सुनाए ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रधानमन्त्री स्वयमले नै सदनमा आएर सच्याउनुपर्ने माग गरेका छन् ।