श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पुरानै अडान दोहोर्याएका छन् ।
सभामुख डीपी अर्यालसँग समय मागेर बोल्दै उनले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने माग गरेका हुन् ।
‘हाम्रो माग एउटै छ प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ’, उनले भने, ‘संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ ।’