Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संसद भित्रै खुश्बु ओलीलाई गृहमन्त्रीको आश्वासन- धम्की दिनेलाई कारबाही गर्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई हत्याको र बलात्कारको धम्की आएको बताएकी छन् । 

उक्त अभिव्यक्तिपछि बुधबार प्रतिनिधि सभा बैठक चलिरहेकै बेला गृहमन्त्री सुधन गुरूङले संसद भित्रै उनीसँग कुराकानी गरेका हुन्।

'तपाईंलाई धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो। मैले कारबाहीको प्रक्रियामा जानुस् भनेँ,' वलीले भनिन्।

गुरूङ मंगलबार (जेष्ठ २६) गते मात्रै दोस्रो पटक गृहमन्त्री नियुक्त भएका थिए।