Jun 10 2026

Jun 10 2026 | बुधवार, जेठ २७ गते २०८३

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति आफैले सच्याउनुपर्छ : हर्कराज राई

श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए ।

“त्यसमा सहमति छैन । जुन निर्णयप्रति विरोध गर्छौं । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन खोजेको हो,” उनले भने ।

प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य नहुने उनको भनाइ छ ।