फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको प्रस्थान गर्ने अनुमति नदिएका हुन् ।
मंगलबार बिहान उनीहरू विमानस्थल पुगेका थिए । राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले उनीहरूलाई फर्काइएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले बताए ।