Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

दीपक खड्कालाई काँग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

नेपाली काँग्रेसका पूर्वमन्त्री तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीनजना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

सोमबार बसेको समितिको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टी उम्मेदवारविरुद्धअन्तर्घात गरेको आरोपमा उनीहरूमा कारबाही प्रक्रिया अघि बढाएको हो ।

समितिले खड्कासँगै जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

समितिले उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध संगठित रूपमा अन्तर्घात गरेको, कार्यकर्तालाई भ्रमित बनाएको तथा विपक्षी दलका उम्मेदवारलाई सहयोग पुर्‍याएको आरोप उल्लेख गरिएको छ ।

अनुशासन समितिले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अन्तर्गत गम्भीर अनुशासन उल्लंघन हुने ठहर गर्दै अन्तिम अवसरका रूपमा स्पष्टीकरण मागेको छ ।