Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

सुदूरपश्चिममा कांग्रेसका पाँच नयाँ मन्त्री, आजै शपथ

सुदूरपश्चिम सरकारमा सहभागी हुने मन्त्रीको नाम नेपाली कांग्रेसले टुङ्गो लगाएको छ । मन्त्री हेरफेर अन्तर्गत पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न थालिएको हो ।

जसअनुसार कांग्रेसबाट बेलबहादुर राना मगर (कञ्चनपुर), मानवहादुर रावल (अछाम), जुना दानी (बाजुरा) छन् । उनीहरु तीनै जना दिवानसिंह बिष्ट पक्षका हुन् । यसैगरी मुख्यमन्त्री कमलबहादुर शाह पक्षका दुई जना मन्त्री हुँदैछन् । जसअनुसार विक्रमसिंह धामी (दार्चुला) र मधु भारती (कञ्चनपुर) छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ भने आजै साँझ ६ बजे हुने बताइएको छ ।