Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

एशियन गेम्स क्रिकेट छनोटको उपाधि नेपाललाई, फाइनलमा हङकङ पराजित

नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि बर्षाले खेल रोकिएको थियो ।

त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले आज पनि आक्रामक ब्याटिंग गर्दै ४० बलमा ६५ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ३५ र कप्तान दिपेन्द्र सिंह ऐरीले ९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो  । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

यस प्रतियोगिताबाट सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।