Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाको सदस्यता सवा पाँच लाख नाघ्यो, संख्या निरन्तर बढ्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्यता संख्या सवा पाँच लाख पुगेको छ।

केन्द्रीय संगठन विभागले अद्यावधिक गरेको विवरण अनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख १६ हजार २५६ पुगेको हो। 

यो शनिबारसम्मको तथ्यांक हो। आइतबार र सोमबारको तथ्यांक रूजु गर्न बाँकी छ।

'राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन चाहने, सदस्यता लिन चाहनेको संख्या दिनानुदिन बढिरहेको छ, हालसम्म सवा पाँच लाख नाघिसकेको छ,' संगठन विभागका सचिव शंकर श्रेष्ठले भने।