Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले पुनर्गठन कार्यदलको बैठक बोलाएका छन् । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय सीमा भए पनि कार्यदल गठन भएको १५ दिनमा बल्ल पहिलो बैठक बस्न लागेको हो ।

उक्त बैठक मङ्गलवार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।

गत जेठ १० गते सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो । उपाध्यक्ष ‘बादल’ को नेतृत्वको कार्यदल १५ सदस्यीय रहेको छ ।

कार्यदलले कसरी काम गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुन्छ’, सचिव विश्वकर्माको भनाइ छ । आवश्यक परे बैठकले कार्यविधि तय गर्ने पनि उनको भनाइ छ ।