Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एकैदिन सुन ८ हजार २ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३ लाख ८०० रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि आज ३३५ घटेको छ । आज चाँदीको मूल्य ४ हजार ८९५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।