नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा हङकङसँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो ।
हङकङले दिएको ११० रनको लक्ष्य पछाएको नेपाल १३.३ ओभरमा ४० रन बनाएर अल आउट भएको थियो । यो नेपाली महिला टिमले अहिलेसम्म बनाएको सबै भन्दा कम टोटल हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङ चाइनाले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । यो जितपछि हङकङको ३ खेलमा ६ अंक भएको छ र समुह डी मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ भने नेपाल उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । अब नेपालले समुह ए को विजेतासँग खेल्ने छ ।