राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको मङ्गलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरिएको हो ।
विभिन्न स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र प्रक्रिया अघि बढ्ने भएकाले आयोगले निर्वाचनसम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ ।