Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीले फेरि गरे संसद अवरुद्ध, बैठक स्थगित

प्रतिनिधि सभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरुले सीमा बारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा अवरोध जारी राखेपछि सभामुखले बैठक सोमबारसम्मका लागि स्थगित गरेका हुन् ।

मंगलबारको बैठक शुरु हुनासाथ सभामुख डिपी अर्यालले विपक्षी दलका सांसदहरुलाई आफ्नो धारणा राख्ने समय दिएपछि बैठक संचालन गरेपछि उनीहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख अर्यालले आजका कार्यसूचीमा रहेका विषय हटाउदै बैठक सोमबारसम्मका लागि स्थगित गरेका छन् ।