Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

संवादको आग्रह विपक्षीले अस्वीकार गरेको सभामुखको खुलासा

सभामुख डोलप्रसाद अर्यालले संवादका लागि बोलाउँदा विपक्षी दलहरुले बेवास्ता गरेको खुलासा गरेका छन् ।

विपक्षी दलहरुले सोमबार प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि सभामुख अर्यालले यस्तो बताएका हुन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आइतबार आफूले संसदका गतिरोधबारे छलफल गर्न दलहरुलाई बोलाएको, आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको बताए ।