Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सांसदहरूलाई जवाफ दिएर हिँडे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा उपस्थित भई सत्तारुढ तथा प्रतिपक्षी दलका केही सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्।

प्रधानमन्त्री शाह आकस्मिक रूपमा संसद्मा उपस्थित भई बोल्न समय मागेपछि सभामुख डोलप्रसाद अर्याल ले उनलाई सम्बोधनका लागि समय उपलब्ध गराएका थिए।

छलफलका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद कविन्द्र बुर्लाकोटी ले पनि आफ्नो धारणा राखेका थिए। प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), श्रमसंस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।

संसद्मा उठाइएका विषयमा आफ्नो धारणा प्रस्तुत गरेपछि प्रधानमन्त्री शाह बैठकबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको उपस्थितिले केही समय संसद्को छलफललाई विशेष महत्व दिएको भए पनि उनले सबै सांसदहरूको प्रश्न नसुनी सीमित सांसदहरूको जिज्ञासामा मात्र प्रतिक्रिया दिएका थिए।