Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

ठुली दहमा पर्यटकको घुइँचो, रङ्गीचङ्गी फूलले बढायो आकर्षण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा रहेको ठुली दह पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदल यात्रापछि पुगिने यो स्थानमा जेठ महिना सुरु भएदेखि दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

रङ्गीचङ्गी फूलले सजिएको दह र आसपासको प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ। 

स्थानीयस्तरमा यो क्षेत्र प्राकृतिक सौन्दर्य अवलोकन गर्ने नयाँ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।