Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमालेको संगठन विभाग प्रमुखमा भानुभक्त ढकाल, को-को छन् सदस्य?

नेकपा एमालेले विधान अनुसार संगठन विभाग गठन गरेको छ । अन्तर पार्टी निर्देशन जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव भानुभक्त ढकाललाई प्रमुख बनाएर १६ सदस्यीय संगठन विभाग गठन गरेका हुन् ।

विधानको नयाँ व्यवस्थाअनुसार पार्टी सदस्यता नवीकरण र विस्तार लगायतका काम सुरु भएको अवस्थामा संगठन विभाग गठन गरी कामलाई अघि बढाउनु अपरिहार्य भएकाले केन्द्रीय संगठन विभाग गठन गरिएको अपानिमा उल्लेख गरिएको छ । 

संगठन विभागमा भानुभक्त ढकाल (प्रमुख), विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो, ज्वाला साहा, जगत विश्वकर्मा, माधव ढुंगेल, चेतनारायण आचार्य, लालबहादुर थापा, जीवन गौतम, तिलकबहादुर क्षेत्री, सरोजकुमार यादव, मञ्जु भण्डारी, राजबहादुर बुढा र आरसी लामिछाने रहेका छन् ।