Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन अध्ययन गर्न उपमहासचिव योगेश भट्टराईको आग्रह

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीके जारी गरेको अन्तरपार्टी निर्देशन- २ अध्ययन गर्ने नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

भट्टराईले सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानि २ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दै अपानिमा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिइएको जानकारी दिएका छन् । यस्तै, अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको बताउँदै उनले उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानिमा गरिएको बताएका छन् । साथै उनले सबैलाई छर्लङ्ग हुन र ढुक्क रहन आग्रह समेत गरे ।

उनले भनेका छन्- 'हिजो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरमा हाम्रो पार्टी नेकपा (एमाले) को अन्तरपार्टी निर्देशन-२ (अपानी-२) जारी भएको छ । 'अपानीमा उल्लेखित विषयहरू आफैँमा महत्त्वपूर्ण छन्, त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएको हुनाले यसले ऐतिहासिकता कायम गर्ने नै छ ।'

अपानीमा जोड दिइएको छ-' एकता, एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ।' अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको छ । उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ । सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी-२ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दछु । छर्लङ्ग हुनुहोस्, ढुक्क रहनुहोस् !