Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ओलीले दिए बकर इदको शुभकामना, धार्मिक सद्भावमा जोड

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गरेका छन् ।

इदको शुभकामना व्यक्त गर्दै उनले “हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो यहाँका मन्दिरको शङ्खनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वर एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुञ्जिएका छन् । 

हाम्रो शक्ति यहाँका विविधताबीचको एकतामा छ । यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ”, भने।