Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

बानेश्वरका 'ज्यानमारा खाल्डा' : कमजोर व्यवस्थापनले बढायो जोखिम (तस्विरहरू)

बानेश्वर क्षेत्रमा फुटपाथ निर्माण तथा मर्मतको नाममा पटक–पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन्। 

केही दिनअघि मात्रै बिछ्याइएको इट्टा पुनः निकालेर काम गरिँदा निर्माण कार्यप्रतिको योजना, समन्वय र कार्यक्षमतामाथि प्रश्न उठेको छ। फुटपाथ क्षेत्रमा जथाभावी छाडिएका इटा, ब्लक तथा ठूला–ठूला खाल्डाका कारण पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

photo-11_8040bbc5.jpg
photo-12_39939aba.jpg

विशेषगरी शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा दृष्टिविहीन व्यक्तिहरूलाई रातको समयमा हिँडडुल गर्न झन् कठिन भइरहेको छ। निर्माण सामग्री व्यवस्थित नगरी सडक किनारमै छरपस्ट राखिँदा दुर्घटनाको जोखिमसमेत बढेको छ। राजधानीकै व्यस्त क्षेत्रमा बिना सूचना यस्ता 'ज्यानमारा खाल्डा' बनिरहँदा सम्बन्धित निकायकाे ध्यान जान जरूरी छ । 

photo-13_41b1e1c6.jpg

निर्माण कार्य गर्दा सुरक्षा मापदण्ड पालना गर्ने, वैकल्पिक व्यवस्था मिलाउने तथा सर्वसाधारणलाई पूर्वसूचना दिने विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने देखिन्छ।

photo-3_07c5989e.jpg