Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला गरिएको छ । 

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले सूचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरेको हो ।

इच्छुक उम्मेदवारले आगामी ७ दिनभित्र अर्थात् जेठ १९ गतेसम्म अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो बायोडाटा तथा आवश्यक विवरण बुझाउन भनिएको छ । 

समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने छ ।

साथै उच्च नैतिक चरित्र भएको, बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (३) बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायकका पदाधिकारी तथा सदस्यको नियुीिक्त र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ले तोके बमोजिम ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्ने सुचनामा उल्लेख छ ।