Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेप्से ९.२४ अंकले घट्यो, अधिकांश क्षेत्रको शेयर मूल्यमा गिरावट

नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर ४ अर्ब ८५  करोड ४४ लाख ४४ हजार १७० मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोक्रो शेयर ९.२३ प्रतिशतले बढेको छ आज सबै भन्दा बढी सुपर खुदी हाइड्रोको शेयर ३.६० प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १६ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।