Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सरकारले बहुमतको दम्भ देखायो : बासना थापा

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री वालेन शाहले बहुमतको दम्भ देखाएर अघि बढेको आरोप लगाएकी छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकारले संसद् र संसदीय समितिहरूलाई प्रभावकारी बनाउन नसकेको बताइन्। प्रतिपक्षी दलहरूले बैठकमा उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालबाट समय लिएर उनले यस्तो बताएकी हुन् । 

‘संसद् केवल प्रतिपक्षको प्रतिनिधि मात्र होइन, सरकार पनि उत्तरदायी हुनुपर्छ,’ थापाले भनिन्, ‘म यहाँ लोकतान्त्रिक मूल्य र जनमतको पक्षमा बोल्दैछु। संसद् केवल संख्याको खेल मात्र होइन, यो विचार र विमर्शको थलो हो।’

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार बहुमतको अहंकारमा अघि बढेको आरोप लगाउँदै भने, ‘यी घटनाहरूले लोकतान्त्रिक व्यवस्थाको आत्मामै प्रहार गरेको छ।’