प्रधानमन्त्री वालेन शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेट गरेका छन् ।
उनले सरकार बजेट निर्माणमा जुटिरहेका बेला प्रमुख दातृराष्ट्रका प्रतिनिधिहरूसँँग सामूहिक रुपमा भेटेका हुन्।
नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि विषयमा कुरा भएको बताइएको छ।