Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

यी स्थानमा हावाहुरीले पुर्‍यायो ठूलो क्षति, सांसदले गराए सरकारको ध्यानाकर्षण

बागलुङ, गुल्मी र प्युठानमा हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ । आजको प्रतिनिधिसभा बैठकमा उक्त क्षेत्रका सांसदहरुले पीडितहरुलाई राहत तथा उचित बासको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका क्षेत्रमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । फलफूल तथा मकै लगायत कृषि बालीसमेत नष्ट भएको छ । विद्यालयको छाना उडेकाले पढाइ प्रभावित भएको छ भने बिजुलीका पोल ढलेर विद्युत सेवा अवरुद्ध भएको छ ।

बैठकको सुरुमै विशेष समय लिएर बोल्दै रास्वपा सांसदहरु सोम शर्मा, सुशान्त वैदिक र गोविन्द पन्थी तथा नेकपा सांसद बलावती शर्माले हावाहुरीले पुर्‍याएको क्षतिबारे जानकारी गराउँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा बसोबास व्यवस्थापन मिलाउन सरकारसँग आग्रह गरे ।