Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सर्वोच्चको अन्तरिम आदेश : शेरबहादुर देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न निर्देशन

शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न सर्वोच्च अदालत ले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतले वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेका मुद्दा विशेष अदालतमा दर्ता हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ। तर, उक्त मुद्दामा विशेष अदालतको सट्टा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले त्यसको कानुनी वैधतामाथि प्रश्न उठाएको हो।

यसै आधारमा सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्नू र नगराउनू भन्ने अन्तरिम आदेश जारी गरेको जनाएको छ। अब यस मुद्दामा थप सुनुवाइ र कानुनी प्रक्रियापछि अन्तिम निर्णय आउनेछ।