प्रधानमन्त्री वालेन शाहले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् ।
यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् ।
प्रधानमन्त्रीले पठाएको उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको सिंहदरबार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पनि यसबारे राष्ट्रपतिसमक्ष पत्रचार भइसकेको पुष्टि गरिन् ।