शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा पुगेको देखिएको छ।
गुन्डुमा जारी बैठमा आफूनिकट महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र विष्णुप्रसा पौडेलसहितले मार्गप्रशस्त गर्न भनेपछि ओली गम्भीर संकटमा परेका हुन् ।
यद्यपि ओलीले आफू कुनै पनि हालतमा नेतृत्व छाड्न तयार नभएको बताइरहेका छन् । ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतहरू मात्रै देखिएका छन् । बहुमत सदस्यले नेतृत्वबाट अब ओलीले बिदा हुनुपर्ने माग गरिरहेका छन् ।तर, यसबीचमा सचिव बस्नेतले आफ्ना २४ बुँदे धारणा राख्दै खुलेर ओलीको बचाउ गरेका छन् ।
उनले आफ्ना २४ मध्ये २ बुँदालाई सञ्चारमाध्यमले तोडमोड गरेको भन्दै आलोचना गरेका छन् ।
‘यस्तो बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र अपराधिक मानसिकता हो भन्ने मेरो स्पष्ट धारणा हो’, उनले भनेका छन् ।