Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको २८ सयले घटेर तोलाको २ लाख ९० हजार ९ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५११५ मा कारोबार भएको थियो ।