कास्की जिल्ला अदालत ले रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ । यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बराल ले लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।
सोही निर्णयका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्की ले अदालतमा निवेदन दर्ता गर्दै रविविरुद्धका दुई कसुर हटाउन तथा सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत राख्न माग गरेको थियो । उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासे को इजलासले सुनुवाइ गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउने निर्णयलाई सदर गरेको हो ।
अदालतको निर्णयसँगै अब लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत रहने भएको छ ।