सभामुख डीपी अर्यालले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताएका छन् । पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पुराना कानुन संशोधन वा आवश्यक नभए खारेज गर्दै नयाँ कानुन निर्माण गर्नुपर्ने बताए ।
देश निर्माणका लागि पुरानो पुस्ताको अनुभव, वर्तमान पुस्ताको काम गर्ने ऊर्जा र नयाँ पुस्ताको प्रतिभा तथा सोचलाई एकसाथ अघि बढाउन सके मात्र देश नागरिकले चाहेजस्तो बन्छ, उनले भने।'
उनले कानुन निर्माणमा अनुभवी पुस्ताको सिकाइ, वर्तमान अभ्यास र नयाँ पुस्ताको अपेक्षालाई समेटेर देश सुहाउँदो कानुन बनाउन आवश्यक रहेको बताए ।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय र गति मिल्न नसके देशले अपेक्षित विकास गर्न नसक्ने पनि उनले बताए ।