विपक्षी दलहरूले निरन्तर प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री वालेन शाहलाई भेट्न पुगेका थिए ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएका बालेनलाई प्रतिपक्षी दलले खोजेपछि सभामुख अर्याल १५ मिनेटका लागि बैठक स्थगित गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए।
स्रोतका अनुसार जहाँ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बसिरहेका शाहलाई भेटेर संसद्मा आइदिन भनेका थिए। तर, वालेनले आफू अहिल्यै संसद्मा नजाने जवाफ दिएका छन्। हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेकाले आइदिन सभामुखले भनेका थिए।
तर वालेनले अहिले आफू जान नसक्ने बरू सोचेर उपयुक्त समयमा आउने जवाफ दिएको स्रोतले जनाएका छन् ।