Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

'सहकारी संस्थामा दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा नगर्नू'

राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा हुने गरेको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सहकारी विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले जारी गरेको सूचनामा सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत यस्ता गतिविधि हुनु दुःखद भएको उल्लेख गरिएको छ । यस्ता अभ्यासले सहकारी ऐन, २०७४ को उद्देश्य र कानुनी व्यवस्थामाथि प्रतिकूल असर पार्ने विभागको भनाइ छ ।

विभागका अनुसार यस्ता गतिविधिले सहकारी सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने मात्र होइन, सहकारी क्षेत्रमा सुशासन कायम गर्ने प्रयासलाई पनि कमजोर बनाउने खतरा रहेको छ ।

त्यसैले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै सहकारीको मूल मर्मअनुसार सञ्चालन गर्ने वातावरण बनाउन र सुशासन कायम गर्न सबै सरोकारवालालाई सहयोग गर्न विभागले आग्रह गरेको छ ।