Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

संवेदनशील निकाय पदाधिकारी हटाएर सरकारले भ्याक्युम बनायो : भीष्मराज आङ्देम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताएका हुन् । 

संक्रमणकालीन न्यायका आयोगलगायत केही संवेदनशील संस्थामा समेत पुराना पदाधिकारीलाई बर्खास्त गरिएकाले छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी रहेको उनले बताए ।