नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना दलका सांसदहरूलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सत्तारुढ दलका सांसदहरूले बोल्ने क्रममा पुराना दलका सांसदहरूलाई होच्चाउने र अमानवीय व्यवहार गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले संसद्भित्र सबै सांसदहरूको हैसियत बराबर भएको बताउँदै आफूहरू बादविवाद नभइ जनताका कुरा राख्न आएको बताइन् ।
उनले सदनमा देखाएका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शब्दहरू रेकर्डबाट हटाउन सभामुख अर्याललाई ध्यानकर्षण गराइन् ।