Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५  रुपैयाँले घटेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०८५  मा कारोबार भएको थियो ।