Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रधान न्यायाधीशको शपथ आजै, लगत्तै कार्यभार सम्हाल्ने

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका प्रधान न्यायाधीश मनोजकुमार शर्माले आजै शपथ लिने भएका छन्।

लगत्तै उनले कार्यभार सम्हाल्नेछन्। मंगलबार दिउँसो समितिबाट अनुमोदन भएपछि साँझ ६:१० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार पदभार पनि आजै हुनेछ। ‘नवनियुक्त प्रधान न्यायाधीशको शपथ ग्रहणको कार्यक्रम आज बेलुका ६:१० बजे हुने र आजै पदभार ग्रहण हुनेछ,’ उनले भने।