Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

धितोपत्र बोर्डको अध्यक्षका लागि छानियो चार जना

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जना सर्टलिस्ट गरिएको छ ।

समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको हो।

समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको जनाएको छ ।

सिफारिस समितिले चारै जनासँग आगामी शुक्रबार छलफल गर्ने जनाएको छ ।