Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने सवैधानिक परिषदको निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी छन् ।

प्रधानको एकल इजलासले सोमबार दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मंगलबार पेसी चढाउन आदेश दिएकी हुन् ।

मल्लले लिखित आदेशमा भनेकी छन्-  'कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटाको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’

प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरुद्ध परेका रिटहरू सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको थियो ।