Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गगन थापासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरे भेट

नेपाली काँग्रेसका सभापति गगन थापासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भेटवार्ता गरेका छन् । 

शुक्रबार पार्टी मुख्यालय सानेपामा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, प्रदेश विकास, संगठन सुदृढीकरण तथा जनचासोका विषयमा सकारात्मक छलफल भएको बताइएको छ । 

बैठकमा प्रदेश सरकारको काम प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा भएको छ ।  सभापति थापाले काँग्रेसको नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहसँग बजेट अघि छलफल गर्ने र काँग्रेसको भिजन अनुसार काम गर्नुपर्ने बताउदै आएका छन् ।