बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरू आफूहरू त्रासमा रहेको बताएका छन्। बैंकरहरू पक्राउपछि उक्त संस्थाका सञ्चालकहरू त्रासमा रहेको बताएका हुन् ।
बैंकहरूको अहिलेको अवस्थाबारे जानकारी दिन बिहीबार आयोजित सिबिफिनको पूर्वनिर्धारित पत्रकार भेटघाट कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले बताए ।
'दिनैपिच्छे कसलाई समायो भन्ने भइरहेको यो समयमा त्रास कसलाई छैन र?,'अध्यक्ष श्रेष्ठले प्रतिप्रश्न समेत गरे।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउपछि उनीहरूले राज्यले नसुनी थुन्ने हो भने आफूहरु डराएको बताएका छन् ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले नसुनी थुन्ने हो भने सबै जना अहिले डराएको अवस्था रहेको बताए।