Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

हर्क साम्पाङ भन्छन्- संसदमा प्रश्नको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको लगातार आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहलाई डरपोकको संज्ञा दिदै संसद्‍मा उठेका प्रश्नहरूको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउछ भन्दै प्रश्न गरेका छन् । 

उनले भनेका छन्- 'संसद्‍मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने। जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन ।'

साम्पाङले प्रधानमन्त्री शाह संसदमा नीति तथा कार्यक्रमको जवाफ दिन उपस्थित नभएको विषयमा विहिबारको संसदमा आलोचना गर्दै आफ्नो विहेमा अरुलाई बेहुलो बनाउन मिल्दैन भन्दै आलोचना गरेका थिए ।