त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन)ले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।
यद्यपि, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए ।