विपक्षीले सदनमा प्रधानमन्त्रीको माग गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठक तेस्रो पटक पनि सुचारु नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने भएका हुन् ।
तर, अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको प्रस्टीकरण दिइसकेका छन् ।
‘हामी कानुन निर्माणको थलोमा छौँ । हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिरहेका छौँ । हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ’, सभामुख अर्याले भनेका छन् ।
उक्त बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले आजको बैठक स्थगित गरेका थिए ।