१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बल्ल एक घण्टा बितिसकेपछि सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर नीति तथा कार्यक्रमको जवाफ नदिएको भन्दै प्रतिपक्षी दलहरूले नाराबाजी र विरोध गरेपछि बैठक स्थगित गरिएको थियो।
प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायतको अनुरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।