राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार र प्रधानमन्त्रीमाथि कडा प्रश्न गरेका छन् । उनले राज्यको असंवेदनशीलताको पनि असफलता भएको बताए ।
उनले भने- ‘हामी अङ्ग्रेजी बोल्न जान्दैनौँ, दुर्गम क्षेत्रबाट आएका हौँ । ग्रामीण सङ्घर्षबाट आएका हौँ । त्यो सङ्घर्षको एउटा हाँसो हुन्छ । राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन । प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा के हो भनेर । बागमतीको किनारकी १० दिनकी सुत्केरीकी आमाको ओतभित्र प्रहरी पस्दा र घर भत्किँदा कस्तो भयो होला ?’
उनले आफू अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको तर मानवीय संवेदनामा डोजर चलाउन नहुने बताए ।